प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित पक्राउ

२०७९-०७-२७

  • A
  • A-
  • A+
Share

तनहुँ, बन्दीपुर गाउँपालिका-२ आरथुम्का बस्ने ३६ वर्षीय सन बहादुर घर्तीलाई एक नाले भरुवा बन्दुक सहित उनकै घरबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा लुकाइ छिपाइ राखेको उक्त बन्दुक १० वर्षीय बालकले चलाउने क्रममा पड्किँदा बालकको बाँया हातमा चोट लागी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले बालकलाई उपचारको लागि मोती मेडिकल डुम्रे हुँदै सरकारी अस्पताल भरतपुर चितवन पठाई सन बहादुरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।