प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

२०७८-०७-०७

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उपमहानगरपालिका-८ दुधेना बस्ने दिनेश केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-८ बस्ने ४० वर्षीय शुनिल काफ्ले लगायत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो । 

यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-९ दोघरे बस्ने सबिता थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ४१ वर्षीय नन्द लाल चौधरी लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७० हजार ९ सय ३० रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । 

झापा, शिवसताक्षी नगरपालिका-९ बस्ने जितेन्द्र शाक्यको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय अग्नि राई लगायत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार