प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित तीन जना पक्राउ

२०७९-०८-०२

  • A
  • A-
  • A+
Share

बर्दिया, बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियार सहित ३ जना शुक्रबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-२ सिमलघारी बस्ने ५२ वर्षीय रत्न बहादुर राना, ६२ वर्षीय प्रेम बहादुर मल्ल र ५५ वर्षीया लालमाया पुन रहेका छन् । 

उक्त स्थानमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना रम्मापुर चेकपोष्ट समेतबाट संयुक्त रूपमा खटिएको टोलीले तलासी गर्दा रत्न बहादुरको घरबाट भरुवा बन्दुक १ थान, प्रेम बहादुरको घरबाट बाह्रबोरको बन्दुक १ थान र सोही बन्दुकको नाल १ थान, रतुवाको सिङ र खुर तथा लालमायाको घरबाट  भरुवा बन्दुक १ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धानको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।