प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

२०७९-०८-०८

  • A
  • A-
  • A+
Share

ललितपुर, ललितपुर महानगरपालिका-२५ डिसहोम सोह्रखुट्टेबाट कटुवा पेस्तोल सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काभ्रे बेथानचोक गाउँपालिका-७ घर भई ललितपुर महानगरपालिका-४ जवालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन् ।

प्रहरी प्रभाग बुङमतीबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजे पश्चात उनीहरूलाई बा.७८ प १२९० नम्बरको स्कुटर सहित पक्राउ गरी जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान फेला परेको हो । प्रहरीले उनीहरूको साथबाट तार १३ बण्डल, पानी तान्ने मेसिन १० थान, ढलान फुटाउने मेसिन १ थान, फलाम काट्ने मेसिन ३ थान, मार्बल काट्ने मेसिन १ थान, पुटिन घोट्ने मेसिन १ थान, ह्यामर, पिलास, फलामको छिना लगायतका सामान समेत फेला पारेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।