प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूबा बन्दुक सहित पक्राउ

२०७९-०८-०९

  • A
  • A-
  • A+
Share

ईलाम, सूर्योदय नगरपालिका-१४ भुटेनी टोल बस्ने २६  वर्षीय राम बहादुर योङहाङलाई १ थान भरुवा बन्दुक र २ वटा फलामको डल्लो सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा राखेको भरुवा बन्दुक लिई आफ्नै बुबालाई  कुटपिट गरी मार्छु भन्दै पड्काउन खोज्दा नपड्केको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट कटुसेबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।