अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-११
- A
- A-
- A+
कैलाली, टीकापुर नगरपालिका-८ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्राम सहित टीकापुर नगरपालिका-१ २४ बस्ने २६ वर्षीय शिबु चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा जिन्स पाईन्टको खल्तीमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।