अवैध भरूवा बन्दुक सहित पक्राउ
२०७९-०८-१२
- A
- A-
- A+
पर्वत, मोदी गाउँपालिका-२ देउपुर बस्ने २४ वर्षीय सागर जैसीलाई अवैध एकनाले भरूवा बन्दुक १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरको कोठामा कालो कम्बलले बेरेर लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।