अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-१७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बालकुमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम, मोबाइल ३ थान र नगद ९ हजार रूपैयाँ सहित महोत्तरी जलेश्वर नगरपालिका-१ घर भई हाल काठमाडौं माहनगरपालिका-३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।