भरूवा बन्दुक र बारूद सहित एक जना पक्राउ
२०७९-०८-१७
- A
- A-
- A+
नुवाकोट, शिवपुरी गाउँपालिका-३ नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्क बहादुर तामाङलाई भरूवा बन्दुक २ थान र बारूद १ केजी सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाट्टीभञ्ज्याङबाट खटिएको प्रहरीले घर तलासी गर्दा लोड गरी राखिएको उक्त बन्दुक र बारुद फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।