जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०८-१८
- A
- A-
- A+
डोल्पा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठुलीभेरी नगरपालिका-५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।