अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-१९
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्राम सहित लालबन्दी नगरपालिका-५ बस्ने २० वर्षीय हिमाल पाण्डेय समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।