प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०७९-०९-०२

  • A
  • A-
  • A+
Share

भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट खड्का गाउँ बस्ने ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थमा थापा समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८ सय रूपैयाँ र ६१ पत्ती तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार