प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पक्राउ

२०७९-०९-१७

  • A
  • A-
  • A+
Share

भोजपुर, अरुण गाउँपालिका-३ बस्ने ३७ वर्षीय पूर्ण बहादुर राइलाई १ थान भरूवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पूर्ण बहादुर र सोही ठाउँ बस्ने २३ वर्षीय पारुहाङ राईले सोही ठाउँस्थित मालिका सामुदायिक वनको छेउको बारीमा बाँदरलाई लखेट्न बनाएको उक्त बन्दुक पड्काउँदा छर्रा लागि पारुहाङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी पूर्ण बहादुरलाई पक्राउ गरेक हो । साथै घाइते भएका पारूहाङलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगरतर्फ  पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।