प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

२०७९-०९-१८

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका बस्ने २ जना र जानकी गाउँपालिका-३ बस्ने  १ जना गरी ३ जनालाई धारिलो हतियार प्रहार गरी फरार रहेका ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-१८ वस्ने २९ वर्षीय विनय भण्डारी, सोही उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय तासे भन्ने प्रकाश थापा, राप्तीसोनारी गाउँपालिका-२ बस्ने ३१ वर्षीय नारायण डाँगी र वैजनाथ गाउँपालिका-५ बस्ने २९ वर्षीय प्रकाश रसाईली भन्ने तुल्सीराम सुनार रहेका छन् । 

उनीहरूले ती व्यक्तिहरूलाई आइतबार दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा डुडुवा गाउँपालिका-३ बाट घटनामा प्रयोग भएको यूपी ३२ ईयू ८६१६ नम्बरको कार बरामद गरी उनीहरूलाई सोही गाउँपालिका-२ दासपुरूवाबाट पक्राउ गरेको ।  घाइतेहरूलाई उपचारका लागि नेपालगंज शिक्षण अस्पताल नेपालगंज पठाइएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।