प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोली प्रहार गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

२०७९-०९-२०

  • A
  • A-
  • A+
Share

धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-२ बस्ने ५० वर्षीय धनुषधारी दासको गोली प्रहार गरी हत्या गरेको अभियोगमा उनकै जेठो छोरा २१ वर्षीय प्रदीप दास, उनकै ज्वाइँ महोत्तरी पिपरा गाउँपालिका-५ सहोडवा बस्ने ३४ वर्षीय उदय दास र धनुषा नगराईन नगरपालिका-२ जटही बस्ने २१ वर्षीय रंजीत कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा बिग्रीएको पानी पम्प सेट मर्मत गरिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले पुस ९ गते बिहान गोली प्रहार गर्दा गम्भीर घाइते भएका धनुषधारीको उपचारको लागि प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान गर्न तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार धनुषधारीका जेठो छोरा प्रदीप, घटनाका सहयोगी धनुषधारीका ज्वाइँ उदय र गोली प्रहार गर्ने रंजित कुमारलाई हत्या गर्न प्रयोग भएको कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोलीको खोका १ थान, अटोमेटीक पेस्तोलमा लाग्ने म्याग्जीन १ थान र अटोमेटिक पेस्तोलको गोली १ राउण्ड सहित पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घट्नामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।