अवैध लागूऔषध सहित पक्राउ
२०७९-०९-२३
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध चरेश करिब ३ केजी ३ सय ग्राम सहित रुकुम पुथा उत्तरगंगा गाउँपालिका-१२ खारावाङ्ग घर भएका ३६ वर्षीय वीरेन शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
अछाम, साफेबगर नगरपालिका-३ टोटासालबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ९ सय ७६ ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बजुरा बुढिनन्दा नगरपालिका-१० पाण्डुलसेन घर भएका ६० वर्षीय लाक्पा थापा र सोही ठाउँ बस्ने २५ वर्षीया धम्ब चेतो थापा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय साफेवगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-६ पोखरेखोलाबाट अवैध लागूऔषध गाँजा करिब ४३ किलो सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने ३६ वर्षीय रामचन्द्र बरुवाल र सोही ठाउँ बस्ने २९ वर्षीय नेत्रलाल खत्री रहेका छन् । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले बा.१५ च ६९७७ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी कारका चालक नेत्रलाल र कारमा सवार रामचन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।