प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न छ जना पक्राउ

२०७९-०९-२३

  • A
  • A-
  • A+
Share

 काठमाडौं, सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अछाम बन्नीगढी गाउँपालिका-६ घर भई काठमाडौं चाबहिल बस्नेहरू ३५ वर्षीय पृथ्वी बहादुर शाह, २५ वर्षीय विजय विक्रम शाह, जाजरकोट घर भई काठमाडौं महानगरपालिका-८ बस्ने २७ वर्षीय चक्र बहादुर खत्री, दोलखा खोपाचागुं घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्नेहरू ४४ वर्षीय अनुप खड्का, नवलपरासी(पश्चिम) बर्दघाट नगरपालिका-४ घर भएका ४० वर्षीय रूकमांगत काफ्ले र अछाम घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने २७ वर्षीय रंग बहादुर साउद रहेका छन् ।  

काठमाडौं महानगरपालिका-८ सिफलमा रजिष्टर्ड कार्यालय रहेको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको हन्टिङ रिजर्भ अफ नेपाल प्रालि लगायत दर्जनौं कम्पनीहरुका नाममा शंकास्पद कारोबार देखिएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले सम्बन्धित निकायहरुबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरु संचालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उदेश्य भन्दा फरक प्रकृतिका कार्यहरू गरेको, एक जना अमेरिकी नागरिकको कम्प्युटरमा पहुँच पुर्‍याई एन्टीभाइरस नविकरण बापतको रकम पठाउनु भनि झुक्याई, विश्वास दिलाई निजको खाताबाट अमेरिकी डलर ट्रान्सफर गर्नुका साथै अन्य विदेशी नागरिकहरुलाई समेत झुक्याई, विश्वासमा पारी बेईमानीपूर्वक वायर स्क्याम गरी Swift मार्फत करिब ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर, १२ हजार ८ सय २५ GBP र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० रूपैयाँ ८० पैसा रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै गैह्र कानूनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उदेश्यले ठगी गरी प्राप्त गरेको रकम उनीहरूले संचालन गरेका विभिन्न कम्पनी तथा व्यक्तिहरुका बैंक खाताहरुमा जम्मा हुनासाथ प्राप्त रकमको स्रोत लुकाउने उदेश्यले अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको खातामा ट्रान्सफर गरी ठगी गरेको समेत खुल्न आएको छ ।  

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।