प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

२०७९-०९-२४

  • A
  • A-
  • A+
Share

कास्की,  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-३ नदिपुर घर भई चितवन भरतपुर महानगरपालिका-१२ डेरा गरी बस्ने ४६ वर्षीय उमेश गिरी भन्ने उमेश बहादुर गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कास्कीको २०६६ फागुन २७ गतेको फैसलाले सर्वस्व सहित जन्म कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै डेराबाट पक्राउ गरेको हो । पोखरा महानगरपालिका-३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थाकालीलाई उमेश बहादुर लगातयका व्यक्तिहरूले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उमेश बहादुर  घटनामा संलग्न भएपश्चात भागेर काठमाडौं गएर बसी सोही स्थानबाट सुरूमा कतारमा १२ वर्षीय बसेको, इराकमा ३ वर्ष, अफगानिस्तानमा २ वर्ष बसेपछि ८ वर्ष अगाडी नेपालआई चितवनमा वर्कसप र वाइन पसल खोली आफ्नो परिचय लुकाई बसेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि करागार कार्यालय कास्कीमा थुनामा पठाइएको छ ।

यसैगरी, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-२८ माझठाना बस्ने ७१ वर्षीय तारानाथ तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालतको २०७९ बैशाख १४ गतेको फैसलाले १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कास्की उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कास्कीमा थुनामा पठाइएको छ ।

 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।