प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सर्वसाधरण व्यक्तिलाई दु:ख हैरानी दिने ६ जना पक्राउ

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

काठमाडौंको ठमेलका डान्सबार क्लबमा छिराइदिने तथा यौनजन्य कार्यमा केटी मिलाई दिने भन्दै सर्वसाधरण व्यक्तिहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका-२ घर भएका ४२ वर्षीय नारायण कार्की, नुवाकोट शिवपुरी गाउँपालिका-८ घर भएका २२ वर्षीय विशेष थापा, नुवाकोट पन्चकन्या गाउँपालिका-४ घर भएका ३१ वर्षीय दिपेश तामाङ, सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २८ वर्षीय अर्जन कटुवाल, बैतडी पुरचौडी नगरपालिका-७ घर भएका २५ वर्षीय यज्ञराज जोशी र ललितपुर गोदावरी नगरपालिका-५ शान्तिपथ बस्ने २२ वर्षीय कृष्ण तामाङ रहेका छन् । काठमाडौ उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।