प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०७-१०

  • A
  • A-
  • A+
Share

डोटी, दिपायल शिलगढी नगरपालिका-५ धामीगाउँ जाने सडक नजिक टहराभित्र पासा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय दिल बहादुर भण्डारी लगायत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरूलाई पासा खेलिरहेको अवस्थामा नगद १ लाख ८४ हजार रुपैयाँ र ३ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार