अवैध लागूऔषध सहित पक्राउ
२०७९-०९-२७
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१५ गारमेन्ट फ्याक्ट्री अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम २८ मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-७ बस्ने ३२ वर्षीय बिष्णु दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१ पार्कमोडबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ८ सय ५० मिलिग्राम सहित चुरे गाउँपालिका-६ बस्ने २४ वर्षीय बसन्त सारु मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, भेरीगंगा नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ९० मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली बस्ने २४ वर्षीय मेग राज बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बबई प्रहरी चेक पोष्टमा खटिएको प्रहरीले नेपालगञ्जबाट आउँदै गरेको बा.५ ख ७३२९ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार बिकलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-२ झौखेलबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ करिब ९ सय ७८ ग्राम सहित धादिङ गल्छी गाउँपालिका-५ घर भएका ३१ वर्षीय गोविन्द तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश-०२-०३६ प ७६३५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी लुकाई राखेको उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक तामाङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।