प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने व्यक्ति पक्राउ

२०७९-०९-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं,  सामाजिक सञ्जालमा आकर्षक तलबमा फ्रान्स, स्विजरल्याण्ड लगायतका देशहरूमा रोजगारीको अवसर रहेको भन्दै बिज्ञापन गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका-३ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक, वाट्सएप, आईएमओ जस्ता एपहरूको दुरूपयोग गरी आकर्षक तलबमा विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै बिज्ञापन राखी सम्पर्कमा आएका व्यक्तिहरूसँग बैंक खातामा रकम जम्मा गर्न लगाई पीडितहरूकै नागरिकता तथा राहदानी समेतका कागजातहरुको प्रतिलिपी मोबाईल सेवा प्रदायक कम्पनीहरुमा पेश गरी सिम डुप्लिकेसनको मध्यामबाट पीडितहरुकै मोबाईल बैकिङमा पहुँच पुर्‍याई रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पीडितहरुलाई वाट्सएप मार्फत सक्कल नागरिकता, बैंक स्टेटमेण्ट लगायतका कागजातहरु तयार पार्नु भनी कल गर्ने गरेको, काठमाडौंका विभिन्न स्थानबाट धिरेन मगर नाम गरेको ब्यक्ति कागजतपत्र लिन आउने गरेको, कागजातहरुको प्रतिलिपी मोबाइल सेवा प्रदायक कम्पनीहरु एनसेल, नेपाल टेलिकम, स्मार्टसेल कार्यालयबाट पीडितकै मोबाइल नम्बर निकाली उक्त सिमकार्डबाट पीडितहरुको मोबाइल बैंकिङ याक्टिभ गरी ओटिपि कोड दुवईमा भएका शेर बहादुर चौधरीलाई पठाउने गरेको र पीडितहरुको मोबाइल बैंकिङमा पहुँच पुर्‍याई रकम ट्रान्सफर गरी सिमकार्ड नष्ट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  

उनलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एव कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।