अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-०५
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-२१ बाट अवैध लागूऔषध गाँजा ४ सय ८० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२१ फारमरोड बस्ने २५ वर्षीय सुरज सिंह र सोही महानगरपालिका-२१ पटेलनगर बस्ने २४ वर्षीय सुनिल प्रसाद पटेल रहेका छन् । प्रहरी चौकी परवानिपुरबाट खटिएको प्रहरीले उनीहरूको घर खानतलासी गर्दा सुरजको घरबाट २ सय ग्राम र सुनिलको घरबाट २ सय ८० ग्राम गाँजा फेला पारी प्रक्राउ गरेको हो ।
सर्लाही, मलंगवा नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १२ ट्याव्लेट र कोडवेल २ बोतल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३६ वर्षीय भोला महतो र बरहथवा नगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० जेड १३९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक भोला र मोटरसाइकलमा सवार किशोरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।