प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा दमक नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-१४ बस्ने प्रकाश शाही ठकुरी भन्ने ४१ वर्षीय प्रकाश धिमाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धिमाललाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । 

म्यानपावर एजेन्टको काम गर्ने धिमालले कुवेतमा फ्रि भिसा र फ्रि टिकटमा राम्रो कमाई हुने काममा पठाइदिने भनि राहदानी लगायतका आवश्यक कागजपत्र बनाई ३/४ जना महिलालाई २०७९ बैशाख १२ गते काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत लगि ९ सय कुवेती दिनारमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो । साथै पीडितलाई दैनिक १० घण्टासम्म काममा लगाई श्रम शोषण गरेकोमा उपचार गर्नका लागि स्थानीय अस्पताल गएको समयमा पीडित उक्त अस्पतालबाट भागी कुवेतस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएपश्चात उनलाई २०७९ असोज १४ गते उद्दार गरी नेपाल फिर्ता ल्याइएको थियो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।