अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-१४
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१५ थारु गल्लीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६ सय १० रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीया शिवा खत्री र निजको छोरा २२ वर्षीय राजु केसी रहेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूको घरबाट उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, केराबारी गाउँपालिका-८ स्थित बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम र नगद १ लाख ८४ हजार ५ सय रूपैयाँ सहित सोही गाउँपालिका-१० बस्ने ६० वर्षीय पदम कुमार खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-१० दैजीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-१० घर भएका महेश चुनरा र सोही नगरपालिका-११ बस्ने २५ वर्षीय शंकर कामी रहेका छन् । अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले लु.१४ प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।