जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०७९-१०-१६
- A
- A-
- A+
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ चौकीडाँडास्थित कुखुराको फर्ममा जुवातास खेलिरहेको अवस्थामा कैलाली गौरीगंगा नगरपालिका-११ शिवपुर घर भएका ४८ वर्षीय नर बहादुर धामी समेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय २५ रुपैयाँ र एक गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।