प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चाइनिज पेस्तोल र ६ राउण्ड गोली सहित दुई जना पक्राउ

२०७९-१०-१९

  • A
  • A-
  • A+
Share

सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा  उनीहरूलाई उक्त हतियार र प्र.१-०२-०४३ प ६८९७ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।