भरूवा बन्दुक सहित एक जना पक्राउ
२०७९-१०-२०
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-६ लालपुर बस्ने ६१ वर्षीय यज्ञराज साउदलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले सोही नगरपालिका-४ बसन्तपुरस्थित बसन्तपुर महिला सामुदायिक बनबाट उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।