प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित पक्राउ

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

धनुषा, जनकपुर उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साहलाई कटुवा पेस्तोल १ थान, म्यागनममा लाग्ने गोली १ थान  र सोको खोका १ थान र ३०३ राईफलमा लाग्ने गोली ४ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनी उपर मिटर ब्याज सम्बन्धी उजूरी परेपछि थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको घर तथा पसलमा तलासी गर्दा उक्त हतियार र पीडितको नाममा जग्गा रोका रहेको फारम ५ थान, कपाली तमसुक १५ थान र रकम उल्लेख नगरी दस्तखत भएको चेक १ थान समेत फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।