मोटरसाइकल आउटराइडर्स तालिम समापन
२०७९-१०-२२
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २२औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम आइतबार समापन भएको छ ।
उक्त अवसरमा सोही महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीले आफ्नो कार्य क्षेत्रमा गई संगठनले निर्दिष्ठ गरेको लक्ष्य प्राप्तिका लागि आफूलाई दिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस ५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना र प्रहरी जवान २५ जना गरी कुल २९ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको जानकारी दिनुभयो ।