प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा खाजाघर संचालक सहित छ जना पक्राउ

२०७९-१०-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङगलस्थित पाँचथर फिदिम नगरपालिका-५ घर भएका ४२ वर्षीय प्रकाश कुमार राईको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा खाजाघरका संचालक राईसमेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३७ हजार ६ सय ८५ रुपैयाँ र २  बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार