प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०७-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु धुम्बाखेल डेरा गरी बस्ने कालिकोट तिलगुफा नगरपालिका-११ घर भएका ३१ वर्षीय नारायण शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको     छ  । ती महिलालाई शाहीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पर्सा, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारीलाई वीरगंज महानगरपालिका-८ बाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उच्च शिक्षाको लागि वीरगंज आएकी ती किशोरीलाई जाहिरले आफ्नो परिचय ढाँटी अविवाहित रहेको भन्दै झुक्यानमा पारी प्रेम सम्बन्ध गाँसी विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि वीरगंजका विभिन्न स्थानमा पटकपटक करणी गरी अश्लील फोटो र भिडियो खिची गत असोज २७ गते उक्त फोटो र भिडियो देखाई डरत्रास देखाई पुन: जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।