प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कौडा खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०७-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, दाङ, तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित बिष्णु आचार्यको कोही नबस्ने खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय रोहित न्यौपाने लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । उक्त घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ९८ हजार २ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

तनहुँ, आबुखैरेनी गाउँपालिका-१ समस्तिपुरस्थित क्वीन बि रेष्टुरेन्टमा कौडा खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही गाउँपालिका-१ बस्ने ३५ वर्षीय प्रकाश खनाल लगायत १५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको  छ । उक्त रेष्टुरेन्टमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरनीबाट खटिएको प्रहरीले  उनीहरुलाई नगद १ लाख १३ हजार १० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार