प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

बर्दिया, गुलरिया नगरपालिका-९ खल्लिपुरुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय शाह बुद्धिन सेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मथुराहरिद्वारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

भक्तपुर, सूर्यविनायक नगरपालिका-४ सिरुटार चारदोबाटोबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ५५ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने २६ वर्षीय सुमित पौडेल र २६ वर्षीय सनम तित्तल रहेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.९० प ८७९२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा  सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
तीन सय ३५ किलो गाँजा र नगदसहित सात जना पक्राउ
२०८१-०१-२८

सुनसरी,धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा ३ सय ३५ किलो र नगद ७ लाख ५२ हजार ५ सय २५ रूपैयाँसहित ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँघुरीगढी गाउँपालिका-१० बस्ने २० वर्षीय मन्दीप राई, २८ वर्षीय मन कुमार राई, २४ वर्षीय राम कुमार राई, ३५ वर्षीय थाम बहादुर राई, २५ वर्षीय देउमन राई तथा १६ वर्षीय किशोर र सखुवासभा मांङतेवा बस्ने २५ वर्षीय अजित राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज १८२१ नम्बर र को.२ च ३११० नम्बरको २ वटा पिकअप गाडीलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.३१ प ६०३७ नम्बर र को.३० प ९०९२ नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०१-२८

कैलाली, टीकापुर नगरपालिका-१ वनगाउँ उत्तरपुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २३ वर्षीय सोनक घर्ती मगर र ३० वर्षीय कमल घर्ती मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ अत्तरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्रामसहित सल्यान मार्के नगरपालिका-९ बस्ने २२ वर्षीय तिलक रेउलेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।बाँके, बैजनाथ गाउँपालिका-४ नौलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्रामसहित कोहलपुर नगरपालिका-१ बस्ने २४ वर्षीय ललित थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्रामसहित बैजनाथ गाउँपालिका-५ गरूवा बस्ने २२ वर्षीय सोफिक हलुवाई र बर्दिया बाँसगढी नगरपालिका-५ हाउपुर बस्ने ३१ वर्षीय राजेन्द्र थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.५ प ४६५१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०१-२७

बाँके, जानकी गाउँपालिका-६ प्रिप्रहवा रिहारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११४.२६० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१२ बस्ने २७ वर्षीय प्रमोद कार्की र २६ वर्षीय सुशिल परियार रहेका छन् । उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा सुशिल परियार भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा उनी सामान्य घाइते भएका  थिए । घाइते भएका सुशिललाई तत्काल उपचारको लागि भेरी अस्पताल नेपालगंज लगिएकोमा उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरूले प्रयोग गरेको भे.५ प ३१३५ नम्बर र भे.६ प ६२०६ नम्बरको २ थान स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।  सिरहा, औरही गाउँपालिका-१ दरैहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-१२ बस्ने २३ वर्षीय युगेश लामा र धनगढीमाई नगरपालिका-१० बस्ने २३ वर्षीय विषेश श्रेष्ठ रहेका छन् । प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश-०२१ प ८४८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  पर्सा, बिन्दवासिनी गाउँपालिका-४ मधुबल बस्ने ५१ वर्षीय कृष्ण चन्द्र साहलाई अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०१-२७

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-९ बस्ने २६ वर्षीय नरेश बिश्वकर्मा र भोजपुर हतुवागढी गाउँपालिका-९ घर भई हाल सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३० वर्षीय सामुएल राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६८ प ८६९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय उमेश राना र १९ वर्षीय रूस्तम राना रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कपिलवस्तु, बाणगंगा नगरपालिका-२ पिपरास्थित हाटबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-३ गंगोलीया बस्ने २३ वर्षीया जानकी चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

२ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ
२०८१-०१-२७

 मोरङ, जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा २ सय १८ किलोसहित सोही ठाउँ बस्ने ३४ वर्षीय भगवान किस्कुलाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँस्थित मकै बारीमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मकै बारीभित्र रहेको टहारामा किस्कुले उक्त परिमाणको गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । पर्सा, कालिकामाई गाउँपालिका-३ हरीहरपुर बिर्ता बस्ने २३ वर्षीय अखलेश महत्तो केवटलाई अवैध लागूऔषध गाँजा ५ सय ग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । केवटले आफ्नै गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कालिकामाई र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।