प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०७९-११-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, नागार्जुन नगरपालिका-२ नाम्गेलस्थित जयफुल रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय छिरङ शेर्पा समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सो रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जुवा खेल्न प्रयोग गरेको नगद २३ हजार ७ सय १५ रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार