प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरीको गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गर्ने छ जना पक्राउ

२०७९-११-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङ वेशीशहर नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेपलाञ्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठान कडी गाउँपालिका-१ घर भई काठमाडौं गोंगवु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ गंगाहल बस्ने २०  वर्षीय आशिष खड्का रहेका छन् ।

काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरी वृत्त बालाजु, काठमाडौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत्त बालाजुको बा.२ झ १४४ र बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै वारदातमा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भइरहेको छ ।


 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।