प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२ नाल भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

रूकुम(पूर्व), सिस्ने गाउँपालिका-२ तुवाङस्थित खौरे भन्ने ठाउँबाट विभिन्न हातहतियारसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६९ वर्षीय कमरा रोका र २३ वर्षीय सुरेश घर्ती रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्वाङबाट खटिएको प्रहरीले कमरा रोकाको घरबाट भरुवा बन्दुक १ नाल, फलामको छर्रा टुक्रा २ थान,  केप १९ थान, बारुद तथा सुरेश घर्तीको घरबाट भरुवा बन्दुक १ नाल, फलामको छर्रा टुक्रा ७ थान, केप ८ थान र बारुद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।