प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बालाजु, लोत्से मलमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १५ जना पक्राउ

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी र ल्होत्से मलमा तोडफोड गरी मोवाइल पसलमा लुटपाट समेत भएको घटनामा संलग्न रहेको अभियोगमा १५ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमध्ये लोत्से मलमा भएको घटनामा संलग्न काभ्रे पाँचखालका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत र मोरङका ३० वर्षीय यमन राई रहेका छन् । 

यसैगरी उक्त आगजनी तथा तोडफोडमा संलग्नहरूमा नुवाकोटका १९ वर्षीय केशर राई, धादिङका २६ वर्षीय ईलाराज गुरूङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, चितवनका २७ वर्षीय संविधान परियार, काठमाडौं तार्केश्वरका १९ वर्षीय कविन खड्गी, काठमाडौं माछापोखरी बस्ने २२ वर्षीय रोमन नगरकोटी र ३३ वर्षीय माधव शाही रहेका छन् । यसैगरी पक्राउ पर्नेमा नुवाकोटका २ जना १८ वर्षीय किशोर, धादिङका १८ वर्षीय किशोर र सिन्धुलीका १८ वर्षीय किशोर रहेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायिहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शनमा भएको उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै पक्राउ  परेकामध्ये अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि विभिन्न आपराधिक घटनामा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरू उपर आपराधिक उपद्रव गर्न नहुने कसूर र चोरी सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि प्रहरी वृत्त बालाजु र महाराजगंज पठाइएको छ । यसअघि सोही घटनामा संलग्न १० जनालाई समेत प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।