प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०७९-११-०६

  • A
  • A-
  • A+
Share

झापा, दमक नगरपालिका-६ पशुपती मार्ग बस्ने पूर्ण बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग भएको नगद १ लाख १० हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार