प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

२०७९-११-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५९ ग्रामसहित रोल्पा परिवर्तन गाउँपालिका-५ बस्ने ३१ वर्षीय चन्द्र प्रकाश बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ७४५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्रामसहित धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३४ वर्षीय मदन लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-९ त्रिभुवन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित दाङ लमही नगरपालिका-६ बस्ने ३२ वर्षीय राजेश राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१८ कारकादो चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ९ सय २० मिलिग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३४ वर्षीया माया गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ त्रिवेणी चोक बस्ने ३५ वर्षीय कमल दौल्याललाई अवैध लागूऔषध चरेश १ किलो ६२ ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-५ दौलतपुरघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ३ सय मिलिग्रामसहित सोही नगरपालिका-५ मनिकापुर बस्ने २८ वर्षीय रामचन्द्र चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त  टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १५ ग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सुरज चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ टिन बजारबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ सय ९० ट्याब्लेट, एभिल १ सय ९९ ट्याब्लेट, नगद १३ हजार ५ सय रूपैयाँ र १ थान खुकुरीसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-४ बस्ने ४० वर्षीय लाल बहादुर विक र लम्किचुहा नगरपालिका-४ बस्ने २५ वर्षीय मिन बहादुर धामी रहेका छन् । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१६ सर्रा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ झिङ्नी बस्ने २७ वर्षीय सुशन बस्नेत र २३ वर्षीय कृष्ण बहादुर बुढामगर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी षोष्ट सर्दाबाट खटिएको प्रहरीले सुशनको साथबाट ८ सय मिलिग्राम र कृष्णको साथबाट ३ सय ७० मिलिग्राम उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१२ शान्तीचौरबाट नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, नुफिन ५ एम्पुल र डाईजेपाम ५ एम्पुलसहित रूपन्देही देवदह नगरपालिका-२ ढेकाहरी बस्ने २७ वर्षीय धर्मेन्द्र यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०९-०२

  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१ निलोगेटबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८० एम्पुल, बुप्रेनोर्फिन ८० एम्पुल र फेनारगन ७७ एम्पुल सहित सोही नगरपालिका-२ कालिकाटोल बस्ने ३५ वर्षीय सलिम मिया कुरेसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.५४ प ८२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  चितवन, कालिका नगरपालिका-७ बस्ने ६८ वर्षीय खडक बहादुर गुरूङलाई अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२६ बिशाल चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय सुबास विकलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६३ एम्पुल, डाईजेपाम ६३ एम्पुल र फेनारगन ६३ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २० वर्षीय बिशाल विकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २१ वर्षीय सुरेन्द्र थ्यायतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय करन नेपालीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, सूर्यविनायक नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर पाण्डुबजार बस्ने दोलखा जिरी नगरपालिका-६ घर भएका २८ वर्षीय सन्दीप बुढाथोकी, काठमाडौं जडीबुटी बस्ने सिराहा नगरपालिका-२० घर भएका २३ वर्षीय पंकज कुमार यादव र भक्तपुर सूर्यविनायक नगरपालिका-६ घलाते बस्ने ३२ वर्षीय रविन सुवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३३ वर्षीय राम बहादुर गोलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ०४५१ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, महालक्ष्मी नगरपालिका-८ चित्रे सिमानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छथर जोरपाटी गाउँपालिका-६ कोपी चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङ र तेह्रथुम लालीगुराँस नगरपालिका-२ हुलाक टोल बस्ने ३१ वर्षीय तुलसी पौडेल  रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१० अरूणखोला बजारबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन ४० एम्पुल, डाईजेपाम ४१ एम्पुल, फेनारगन ४ एम्पुल र नगद ४ हजार ५ सय २५ रूपैयाँ सहित धादिङ ज्वालामूखी गाउँपालिका-५ बस्ने २७ वर्षीय सागर अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०९-०१

काठमाडौं महानगरपालिका-२६ ठमेल क्वावहाल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ५० ट्याब्लेट सहित काठमाडौं नयाँबजार धारागल्ली बस्ने नवलपरासी पूर्व घर भएका २८ वर्षीय सचिन केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००८ प २२५३ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर चालकको खोजी गरिरहेको छ ।   पर्सा, वीरगंज महानगरपालिका-१७ कोनियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७६ किलो गाँजा सहित रामेछाप खाडा देबी गाउँपालिका-१ बस्ने २८ वर्षीय सुबराज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा.२१ च ७८५५ नम्बरको पिकअप जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुबराजलाई पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-४ बालापुरबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सराफत अलिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय एम्पुल, डाईजेपाम ३ सय १९ एम्पुल र फेनारगन ३ सय ५२ एम्पुल सहित अन्नपूर्ण गाउँपालिका-३ काडेँ बस्ने ४१ वर्षीय बिरेन्द्र तुलाचनलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०९-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-१ चुम्लिङ बस्ने २० वर्षीय सुमन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पोखराबाट जनकपुरतर्फ जाँदै गरेको ग. २ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सल्लाघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाँउ बस्ने २२ वर्षीय बादल बादीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । महोत्तरी, गौशाला नगरपालिका-८ खाल्टे बजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोनमा गाउँपालिका-३ बस्ने २० वर्षीय हरेन्द्र बैठा र २१ वर्षीय अर्जुन बैठा रहेका छन् । इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले ढल्केबरबाट खाल्टे बजारतर्फ आउँदै गरेको वीआर ३० डब्लु १३०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-२९

काठमाडौं महानगरपालिका-१५ चमतीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २३ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ वनस्थली बस्ने ३३ वर्षीय मान बहादुर शाही ठकुरी र भारत केरला घर भएका ३८ वर्षीय सोन साईमन ग्रेसेस रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा.प्र ०१-००२ ज ८५७२ नम्बरको ट्याक्सीलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक मान बहादुर र ट्याक्सीमा सवार सोन साईमनलाई पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ न्यूरोडस्थित छेम्पा खाजा घर संचालन गरी बस्ने सोही महानगरपालिका-४ लन्कु घर भएका ३७ वर्षीय प्रेम लामालाई अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।