प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

२०७९-११-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा उपेन्द्र पोखरेलसमेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार