प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०७८-०७-१४

  • A
  • A-
  • A+
Share

कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुस्थित छत्र बहादुर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बोगटी लगायत ९ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ६ सय ४० रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार