प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

२०७९-११-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा उदयपुर चौडण्डी नगरपालिका-८ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ४५ वर्षीय धन बहादुर मगरसमेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सापाटारस्थित सार्वजनिक ठाउँमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग गरेको नगद ५० हजार रुपैयाँ र ८ वटा ओखरसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार