प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी तथा डाँकासम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-११-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, चोरी तथा डाँकासम्बन्धी कसूर मुद्दामा संलग्न फरार प्रतिवादी नागार्जुन नगरपालिका-१० स्यूचाटर बस्ने कालीकोट महावै गाउँपालिका-४ घर भएका २३ वर्षीय यवराज शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित मधुर बिक्रम खनालको घरमा २०७९ कात्तिक २८ गते साँझ ११/१२ जनाको संख्यामा आएका अज्ञात हतियारधारी समूहले खनालकी श्रीमतीलगायत घरमा भएका अन्य मानिसहरुलाई नियन्त्रणमा लिई बन्धक बनाई धारिलो हतियार खुकुरी, हतौडा तथा रड प्रहार गरी सख्त घाइते बनाई नगद, सुन तथा हिराका बहुमूल्य गरगहना तथा नगदसमेत गरी करिब ५ करोड रुपैयाँ बराबरको धनमाल लुटपाट गरी फरार भएका थिए । 

सोही घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं स्यूचाटरबाट पक्राउ गरेको हो । यसअघि सोही घटनामा संलग्न १० जना व्यक्तिलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंको २०७९ पुस १ गतेको आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको थियो । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।