अवैध लागूऔषधसहित पक्राउ तथा बरामद
२०७९-११-१३
- A
- A-
- A+
बाँके, कोहलपुर नगरपालिका-१२ चप्परगौडीबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ १ सय १६ ग्रामसहित सोही नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरसमेत दुई जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, धनगढी नगरपालिका-४ जयपुरस्थित मुस्हरनियाबाट अवैध लागूऔषध गाँजा करिब २० केजी शनिबार बिहान प्रहरीले बरामद गरेको छ । मुस्हरनियाबाट सुखीपुर जाने बाटोमा स.७ प ७३१६ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिलाई स्थानीयले रोक्न खोज्दा उनीहरूको साथमा रहेको बोराको पोका फाली मोटरसाइकलसहित फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले बोरा जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिहरूको खोजी भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।