प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ

२०७९-११-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, नागार्जुन नगरपालिका-४ सितापाइला चोकबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय २ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला मालिकार्जुन गाउँपालिका-३ घर भएका रबिन्द्र धामी र चितवन पर्साखैरेनी घर भएका २७ वर्षीय राजेन्द्र मगर रहेका छन् । प्रहरी बिट सितापाइलाबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०३७ प २२४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

मकवानपुर, राक्सीराङ गाउँपालाका-८ गोठडाडाँ बस्ने ४८ वर्षीय ठाकुराम मोक्तान र २५ वर्षीय प्रेम घलानलाई अवैध लागूऔषध गाँजा ३ सय ४५ किलो ४ सय ग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूको घर जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित सडक किनाराबाट अवैध लागूऔषध गाँजा १५ किलो प्रहरीले गएराति बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त गाँजा झाडीमा प्लाष्टिकले बेरेको अवस्थामा फेला पारी बरामद गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-९ बिचगौरी बस्ने २७ वर्षीय मेघराज घर्ति मगरलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १६ किलोग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाडा र वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा झोला र सुटकेसमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन बस्ने १९ वर्षीय श्याम बैगारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत, भेरिगंगा नगरपालिका-१० तोलीखोलास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ  १ ग्राम १० मिलिग्रामसहित सिम्ता गाउँपालिका-१ खनेटा घर भई बीरेन्द्रनगर नगरपालिका-१० खजुरा बस्ने २० वर्षीय आर्यन रानालाई शुनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले बा.४ ख ५३२८  नम्बरको फोर्स गाडीलाई जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ पहाड रोडस्थित नेचुरल होटल नजिकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-४ बस्ने ३१ वर्षीय भिम बहादुर मडै र सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय उद्धव बहादुर विक रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा भिम बहादुरको साथबाट १ ग्राम ७ सय मिलिग्राम र उद्धव बहादुरको साथबाट १ ग्राम ३ सय  मिलिग्रामसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  

मोरङ, सुनवर्षी नगरपालिका-२ पिपल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३० मिलिग्राम, नगद ४२ हजार ६ सय रूपैयाँ र डिजिटल तराजु १ थानसहित सोही नगरपालिका-५ टकुवा बस्ने २८ वर्षीय उपेन्द्र साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले प्र.०१-०२-०४८ प ३९४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहले खल्तीमा लुकाई ल्याएको ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

रूपन्देही, देवदह नगरपालिका-४ पिपरैया बस्ने २९ वर्षीय दुर्योधन चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ९ किलोग्राम र नगद १२ हजार ३ सय ६० रुपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै  घरमा गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको   हो । 

बारा, निजगढ नगरपालिका-११ स्थित वन कार्यालय अगाडिबाट अबैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-२१ बस्ने २६ वर्षीय सन्तोष चौधरी र ३१ वर्षीय फयास मिया रहेका छन् । अस्थाई प्रहरी प्रोष्ट रतनपुरबाट खटिएको प्रहरीले डम्मरपुरबाट रतनपुरतर्फ आउँदै गरेको ना.१ ह ६९०१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी अटोमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-११-०५

काठमाडौं, तारकेश्‍वर नगरपालिका-४ दगुर्नेपानी बस्ने काठमाडौं महानगरपालिका-१६ बाईसधारा घर भएका ३५ वर्षीय प्रताप शाही समेत २ जनालाई नियन्त्रित लागूऔषध फेनारगन २३ एम्पुल, डाईजेपाम २३ एम्पुल, नोर्फिन २३ एम्पुल र नगद १ लाख २ हजार ७ सय ४० रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त वालाजुबाट खटिएको प्रहरीले प्रतापको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ७ सय ३० मिलिग्राम सहित चिङ्गाड गाउँपालिका-७ बस्ने ४७ वर्षीय ललित चन्दलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १४ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय मिनिष पन्त र २० वर्षीय विवेक कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटीकोईलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको क.प्र.०२-००२ प ३४४२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सिराहा, लहान नगरपालिका-६ राधा कृष्ण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २५ वर्षीय सुमित यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-११ फूलबारी डेरा गरी बस्ने स्याङ्जा घर भएका ३१ वर्षीय सुरज सार्कीलाई नियन्त्रित लागूऔषध डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २३ एम्पुल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६० ट्याब्लेट र ट्रामाडोल ४ सय ८० ट्याब्लेट सहित सोही उपमहानगरपलिका-१ छोटे बस्ने २२ वर्षीय सुनिल वलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय बिबेक गौतमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१२ गैरी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित जाजरकोट भेरी नगरपालिका-३ बस्ने १९ वर्षीय आशिष बिक्रम शाही समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ चुम्लुङपथ बस्ने २४ वर्षीय संदिप लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र डिकोलिक १ सय ७० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बसपार्कस्थित राजकिरण फेन्सी स्टोरबाट नियन्त्रित लागूऔषध डाईजेपाम  ३९ एम्पुल, फेनारगन ३४ एम्पुल र बुप्रेनोर्फिन ३२ एम्पुल सहित सोही स्टोरका संचालक भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने २७ वर्षीय किरण जोशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले स्टोर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब १ हजार १ सय १५ किलो गाँजा सहित सुनसरी र पर्साबाट तीन जना पक्राउ
२०८२-११-०५

 सुनसरी, धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका-८ बस्ने संदिप कुमार माझी र काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ३३ वटा पोकामा रहेको करिब ४ सय ९५ किलोग्राम गाँजा फेला पारी चालक संदिप कुमारलाई पक्राउ गरेको हो । यसैगरी बिएसि ३२३६ नम्बरको गाडीबाट २३ वटा पोकामा रहेको करिब ४ सय ६० किलोग्राम गाँजा फेला पारी चालक नगेन्द्र राजलाई पक्राउ गरेको हो ।  पर्सा, पकाहा मैनपुर गाउँपालिका-२ कट्टी बालुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ६० किलोग्राम सहित काभ्रे घर भएका २२ वर्षीय बुद्धिलाल भोलानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सुरजहाकट्टी समेतबाट खटिएको प्रहरीले प्रदेश ३-०१-००२ च ५४३२ नम्बरको कारमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित मोरङ र सुनसरीबाट ६ जना पक्राउ
२०८२-११-०४

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-३ मंगलबारे बस्ने २२ वर्षीय अमित धिमाल र २७ वर्षीय रबिन लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९८ प ७२१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-९ बगैँचा लाइनबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ६० ट्याब्लेट सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१९ बस्ने २८ वर्षीय विकाश बुढाथोकी, ४१ वर्षीय हेमन्त लामा र कोशी गाउँपालिका-५ कुमयाही बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-११-०४

झापा, बिर्तामोड नगरपालिका-७ मियाबारी बस्ने २३ वर्षीय मागु मियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सुर्खेत, गुर्भाकोट नगरपालिका-८ सुभाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने ३० वर्षीय हेमराज मल्ललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-११-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही महानगरपालिका-८ विजयचोक डेरा गरी बस्ने चितवन घर भएका ३६ वर्षीय लालबहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ४ किलोग्राम गाँजा फेला पारी प्रहरीले बरामद गरेको छ ।   यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधाराबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट र नगद २ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएकी ५६ वर्षीया संच माया तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बारा, विश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित पर्सा वीरंगज महानगरपालिका-१६ नागवा बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.६ प ५००८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ७ सय ग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पुर्वी चम्पारण रक्शोल पनटोका पन्चायत-१३ बस्ने ५० वर्षीय संजय कुश्वाहा र मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने ४८ वर्षीय कान्छा राम मुक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने ३६ वर्षीय टोप बहादुर क्षेत्रीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-२ बगनिया बस्ने २० वर्षीय सरोज तिरूवालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-८ सगरमाथा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण राजवंशी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले मे.१० प ३८७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कलकत्ता बस्ने २१ वर्षीय रियान्स राना र १९ वर्षीय प्रकाश राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भे.४ प ४९५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका-२ रिमझिम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ डेरा गरी बस्ने २४ वर्षीय सिमन विक र ३८ वर्षीय दल सिह थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सिमनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-११-०२

मोरङ, विराटनगर महानगरपालिका-१५ तिन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३० वर्षीय सरोज चौलागाईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-२ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४२ ग्राम ८ सय १० मिलिग्राम सहित कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय सुर्य बहादुर विक समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आँपगाछीबाट बाहुनटोलतर्फ आउँदै गरेको मे. १० प ८४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ कछुबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ४० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ बस्ने ४२ वर्षीय तिलक बुढाथोकी, सोही नगरपालिका-२ कछुबारी बस्ने ४२ वर्षीय गोबिन्द बस्नेत, सोही नगरपालिका-३ बस्ने ५२ वर्षीय टंक गिरी र सोही नगरपालिका-४ बस्ने २८ वर्षीय उदय साह रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो  शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ आवारोडबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम र चरेस जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित सोही नगरपालिका-१२ आवारोड डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-८ कान्छिबजार घर भएका ४० वर्षीय बिशाल प्रताप राणा समेत ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बिशालको डेरा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित उदयपुर कटारी नगरपालिका-१ बस्ने २५ वर्षीय संजीव क्षेत्री समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले उदयपुरबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च ८५४९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ७ सय  मिलिग्राम, १ थान एयरगन र नगद ६५ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार  साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने २५ वर्षीय शम्भु भट्ट र बैतडी सिंगास गाउँपालिका-१ घर भएकी २३ वर्षीया कविता भट्ट रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।