प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित दुई जना पक्राउ तथा बरामद

२०७९-११-१४

  • A
  • A-
  • A+
Share

पाल्पा, रिब्दिकोट गाउँपालिका-६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा भन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्राहरुसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  तिनाउ गाउँपालिका-६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारु रहेका छन् । उनीहरू उक्त जंगलमा सिकार खेल्न गएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । 

धनुषा, गणेशमान चारनाथ नगरपालिका-५ सेलारस्थित जंगलमा बेवारिसे अवस्थामा रहेको बाह्रबोर भरुवा बन्दुक १ थान  शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।