प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित दुई जना पक्राउ तथा बरामद

२०७९-११-१४

  • A
  • A-
  • A+
Share

पाल्पा, रिब्दिकोट गाउँपालिका-६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा भन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्राहरुसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  तिनाउ गाउँपालिका-६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारु रहेका छन् । उनीहरू उक्त जंगलमा सिकार खेल्न गएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । 

धनुषा, गणेशमान चारनाथ नगरपालिका-५ सेलारस्थित जंगलमा बेवारिसे अवस्थामा रहेको बाह्रबोर भरुवा बन्दुक १ थान  शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
हातहतियारसहित दुई जना पक्राउ
२०८०-१२-२४

काठमाडौं, कास्की, पोखरा महानगरपालिका-२० भलामखोर बस्ने ४२ वर्षीय दिपेन्द्र केसीलाई मेड इन स्पेन लेखेको दुईनाले बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले बन्यजन्तुको अबैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त बन्दुक, मृगको जस्तो देखिने ८ सय ग्राम मासु र शिकार खेल्न प्रयोग हुने विविध सामग्रीसहित उनलाई पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ नेपाल भारतको सिमानामा रहेको व्यारेज पुलबाट एसएलआरको ३ राउण्ड र थ्रीनटथ्री को २ राउण्ड गोलीसहित बिनयी त्रिवेणी गाउँपालिका-७ बस्ने २९ वर्षीय राहुल थापालाई शुक्राबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीबाट खटिएको प्रहरीले उनलाई उक्त गोलीसहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।