अवैध लागूऔषधसहित चार जना पक्राउ
२०७९-११-१८
- A
- A-
- A+
मकवानपुर, राक्सिराङ गाउँपालिका-५ चैनपुरबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ६ सय ग्रामसहित भारत मोतिहारी बिश्रामपुर बस्ने २० वर्षीय बिक्की कुमार चौहान र १७ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले ना.२ ह ५७०१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगञ्ज महानगरपालिका-३१ मिलन चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने १८ वर्षीय र १५ वर्षीय २ जना किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले ना.२ ह ६३८ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।