प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ

२०७९-११-२३

  • A
  • A-
  • A+
Share

काभ्रे, धुलिखेल नगरपालिका-३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार